रोबोटिक्सको क्षेत्रमा चीनको चामत्कारिक फड्को, अब कारखानादेखि घरसम्म रोबोटकै राज !
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २० भाद्र २०८३, ६:१० अपराह्न
काठमाडौं । केही वर्ष अघिसम्म रोबोट भन्ने बित्तिकै हाम्रो दिमागमा कलकारखानामा मसिनरी काम गर्ने फलामे संरचनाको चित्र आउँथ्यो । तर, अहिले दृश्य पूर्ण रूपमा फेरिएको छ । रोबोटहरू अब दौडन, नाच्न, फुटबल र ब्याडमिन्टन खेल्न मात्र होइन, घरायसी काममा समेत पोख्त हुन थालेका छन् ।
विश्वलाई नै अचम्मित पार्ने गरी भइरहेको यो रोबोटिक विकासको दौडमा चीन सबैभन्दा अगाडि देखिएको छ । बेइजिङमा हालै सम्पन्न ‘वर्ल्ड हुमानोइड रोबोट गेम्स २०२६’ यसको एउटा ज्वलन्त उदाहरण हो, जहाँ १६ देशका ६६६ टोली र दुई हजारभन्दा बढी रोबोटहरूले आ...