नास-आईटीमा दीपेन चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २० भाद्र २०८३, १०:४२ पूर्वाह्न
काठमाडौं । नेपालको सफ्टवेयर तथा सूचना प्रविधि क्षेत्रका कम्पनीहरूको छाता संगठन ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज’ (नास-आईटी) को चौथो वार्षिक साधारणसभाले दीपेन चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ललितपुरमा सम्पन्न उक्त सभाले आगामी सन् २०२६-२०२९ का लागि ९ सदस्यीय सञ्चालक समिति (बोर्ड) निर्वाचित गरेको हो ।
नवनिर्वाचित बोर्ड सदस्यहरूमध्येबाट सन् २०२६–२०२७ का लागि पदाधिकारीहरू छानिएका छन्, जसमा अध्यक्षमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं, उपाध्यक्षमा ...