युट्युबका प्रयोगकर्ता तान्न फोरके भिडिओको सुविधा ल्याउँदै एलन मस्कको एक्स
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, ३:०९ अपराह्न
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) ले फोरके (फोरके) रिजोलुसनमा भिडिओ अपलोड गर्ने सुविधा दिने भएको छ । कम्पनीले प्रयोगकर्ताको इंगेजमेन्ट बढाउन र उनीहरूलाई भिडिओ हेर्नका लागि युट्युब र भिमियो (Vimeo) जस्ता अन्य प्लेटफर्ममा जानबाट रोक्ने उद्देश्यले यो कदम चालेको हो ।
एक्सको इन्जिनियरिङ टिमको अकाउन्टबाट गरिएको पोस्ट अनुसार, चाँडै नै यो सुविधा सबै प्रिमियम ग्राहकका लागि उपलब्ध हुनेछ ।
पहिले, एक्सका प्रिमियम ग्राहकले १०८०पी रेजोलुसनमा अधिकतम ८ जीबी साइज र करिब तीन घण्टासम्मका भिडिओ अपलोड गर्न सक्थे ।...