एचपीई र अरुबाको आयोजनामा उद्यमशीलता लक्षित ‘इन्टरप्राइज टेक काठमाडौं २०२५’ सम्पन्न
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ३:२२ अपराह्न
काठमाडौं । हेवलेट प्याकार्ड इन्टरप्राइज (एचपीई) र एचपीई अरुबा नेटवर्किङले आईसीटी डिस्ट्रिब्युसनसँगको सहकार्यमा ‘इन्टरप्राइज टेक काठमाडौं २०२५’ कार्यक्रम आयोजना गरेका छन् । नेपालको उद्यमशील भविष्यलाई सशक्त बनाउने लक्ष्यसहित शुक्रबार राजधानीको मेरियट होटेलमा यो कार्यक्रम गरिएको हो ।
यी दुई कम्पनीले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरेका हुन् । कार्यक्रममा हाई पर्फमेन्स भएको डेटा स्टोरेज (एचपीई अलेट्रा एमपी), आधुनिक कम्प्युट पूर्वाधार (एचपीई भीएमई), इन्टेलिजेन्ट नेटवर्किङ र जेरो ट्रस्ट सेक्युरिटी (अरुबा क्लियरपास पो...