बाजुरामा स्काभेटर दुर्घटना, एक जना बेपत्ता
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, ६:३४ अपराह्न
बाजुराको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।
सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरीनाथ गाउँपालिका २ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन् ।
सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।
दुर्घटनामा चालक र सहचालक सकुशल रहेका बताउँदै उनले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहर...