फ्याक्टचेक: नपत्याउनुस् ! नेपालमा एक हजार र पाँच सय रुपैयाँको नोट बन्द गर्ने निर्णय भएको छैन
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २८ भाद्र २०८२, ६:४८ अपराह्न
काठमाडौँ । सामाजिक सञ्जालमा नेपाल राष्ट्र बैङ्कले एक हजार र पाँच सय रुपैयाँका नोटहरू बन्द गर्ने निर्णय भइरहेको भन्दै भिडिओहरू भाइरल भएका छन् । जेनजी आन्दोलनका क्रममा बैङ्कहरूमा लुटपाट भएको भन्दै सरकारले हजार र पाँच सय रुपैयाँका नोटहरू बन्द गर्न लागेको ती पोस्टहरूमा दाबी गरिएको छ ।
तर टेकपाना तथ्यजाँचले उक्त दाबी झुटो रहेको र हालसम्म नोट बन्दका विषयमा कुनै निर्णय नभएको पुष्टि गरेको छ ।
दाबी
फेसबुकमा ‘सुदूरपश्चिम खबर लम्की’ नामक फेसबुक पेजले नेपाल सरकारले हजार र पाँच सय रुपैयाँको नोट न...