फ्याक्टचेकः हिरासतबाट जाँच दिने ६ जना विद्यार्थी नै भाटभटेनी लुटपाटमा पक्राउ परेको सत्य होइन
Your ads here755 X 100

•
Byहिक्मत आचार्य
•
आइतबार, २१ बैशाख २०८२, ५:४५ अपराह्न
काठमाडौँ । आइतबार दिउँसो १ बजेदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा ‘१५ चैतमा भाटभटेनीमा रक्सी र चुरोट चोरेका ६ जनाले कक्षा १२ को परीक्षा दिँदै’ भन्ने ब्यहोराका पोस्ट प्रसारित भइरहेका छन् ।
राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा भाटभटेनीबाट बियरका बोतल उठाउँदै गरेका भाइरल फोटो प्रयोग गर्दै केही फेसबुक पेजले परीक्षा दिने ती ६ जना नै फोटोमा देखिएका व्यक्ति भएको दाबी गरेका छन् । तर, टेकपाना फ्याक्टचेकले ती दाबी भ्रामक भएको देखाएको छ । ६ जनाले जिल्ला प्रहरी परिसर भद्रकालीबाटै परीक्षा दिइरहेको कुरा सत्य हो ...