कतार-मलेसिया होइन, नेपालकै डाँडामा बसेर लाखौँ कमाउने सीप दिनुपर्छ: गगन थापा
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:२२ अपराह्न
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर लाखौँ कमाउन सकिने आफ्नो पुरानो अभिव्यक्ति फेरि दोहोर्‍याएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली युवालाई सीप र क्षमतायुक्त बनाउनुपर्नेमा जोड दिए ।
“एउटा डाँडामा बसेर दुई-चार लाख कमाउन सकिन्छ भनेर मैले एउटा इम्याजिनेसनको कुरा गरेँ । कतिलाई रमाइलो पनि लाग्यो । त्यो सपना हो, सम्भव छ,” थापाले भने ।
उनले युवाको हातमा सीप र क्षमता पुगेमा त्यो सपना यथार्थ बन्न सक्ने उल्लेख गरे...