जुवाखालबाट १७ जना पक्राउ
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ९:१० अपराह्न
दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कांग्रेस स्थानीय नेता भूपबहादुर डाँगी र घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष ताराबहादुर डाँगीसमेत छन् । उनीहरू घोराही–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले दुई...