प्रधानमन्त्रीले राजीनामा दिएको उपलक्ष्यमा १० हजार नगद दिने भन्दै बैंक अकाउन्ट ह्याक गर्ने ह्याकरको दाउ
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २८ भाद्र २०८२, ३:३६ अपराह्न
काठमाडौँ । देशको विषम परिस्थिति र सुरक्षा निकायको व्यस्तताको फाइदा उठाउँदै अनलाइन ठगीमा संलग्न गिरोह सक्रिय भएको पाइएको छ । उक्त गिरोहले “प्रधानमन्त्रीले आन्दोलनका कारण राजीनामा दिएको र सोही विजयको उपलक्ष्यमा सबैलाई १० हजार रुपैयाँ नगद उपहार दिने” भ्रामक सन्देश फैलाएर बैंक खाता ह्याक गर्ने प्रयास गरिरहेको छ ।
सामाजिक सञ्जाल, विशेषगरी ह्वाट्सएपमा ‘edugote.org’ डोमेन प्रयोग गरिएको एक फिसिङ लिङ्क तीव्र रूपमा फैलिरहेको छ । उक्त लिङ्कको प्रचार गर्न जेनजी आन्दोलनमा सहभागी एक युवतीको तस्बिर प्रयोग गरिएक...