३४ हजार मूल्यमा ५१२ जीबी स्टोरेज भएको अनर फोन बजारमा, १६ जीबीसम्मको र्याम सुविधा
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, ४:४४ अपराह्न
काठमाडौँ । विशाल स्टोरेज क्षमता चाहने स्मार्टफोन पारखीहरूका लागि नेपाली बजारमा नयाँ फोन भित्रिएको छ । हालै चिनियाँ ब्रान्ड अनरले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स एट सी (Honor X8c) सार्वजनिक गरेको छ । यो फोनले ५१२ जीबीको इन्टर्नल स्टोरेज प्रदान गर्छ । कम्पनीले यो प्राइस रेन्जमा यति धेरै स्टोरेज दिने यो नै पहिलो फोन भएको दाबी गरेको छ ।
मार्स ग्रीन रङ र विशेष बनावटमा उपलब्ध यो फोनमा ६.७ इन्चको एमोलेड डिस्प्ले, २८०० निट्सको म्याक्सिमम ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट रहेको छ । फोटोग्राफीका लागि फोनमा ईआईएस र...