डिजिटल वालेट सजिलो पे र पेवेलको बैंक खातामार्फत करिब १८ अर्बको अवैध कारोबार, २१ जना पक्राउ
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, ४:३८ अपराह्न
काठमाडौँ । डिजिटल वालेट कम्पनीहरू सजिलो पे र पेवेल नेपाल प्रालिको बैंक खाता प्रयोग गरी झन्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । ११ जिल्लामा गरिएको विशेष कारबाहीमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ ।
सीआईबीका अनुसार आन्तरिक विप्रेषण बन्द रहेको अवस्थामा विदेशबाट प्राप्त हुने विप्रेषण रकमलाई गैरकानुनी रूपमा नेपाल भित्र्याउन र विभिन्न शंकास्पद गतिविधिबाट आर्जित रकमलाई व्यवस्थापन गर्न संगठित गिरोहले डिजिटल वालेट कम्पनी दुर...