ट्र्याक गर्नै नसकिने प्रोटोनमेलबाट हैरान बन्दै भारत, अश्लील ईमेल आउन थालेपछि ब्लक गर्न आदेश
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, ४:०८ अपराह्न
काठमाडौँ । भारत कर्नाटक राज्यको उच्च अदालतले इन्ड-टु-इन्ड इन्क्रिप्टेड ईमेल सेवाप्रदायक प्रोटोनमेललाई देशभर ब्लक गर्न आदेश दिएको छ । एम मोसर डिजाइन एसोसिएटेड इन्डिया प्रालिले गत जनवरीमा दायर गरेको मुद्दामा सुनुवाइ गर्दै मङ्गलबार अदालतले प्रोटोन मेल ब्लक गर्ने आदेश दिएको हो ।
कानुनसम्बन्धी जानकारी दिने भारतीय सञ्चारमाध्यम ‘लाइभ ल’का अनुसार उजुरीमा कम्पनीका कर्मचारीले आफूलाई अश्लीलजन्य सामग्री भएको ईमेल आएको दाबी गरेका थिए । खासगरी ईमेलमा अश्लील, अपमानजनक र अभद्र भाषा, एआई निर्मित डिपफेक तस्ब...