रसुवा विपद्पछि हिमालयी जोखिमबारे उच्चस्तरीय अन्तर्राष्ट्रिय वैज्ञानिक संवाद हुँदै, यसरी बन्नुहोस् सहभागी
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २० भाद्र २०८३, ५:४६ अपराह्न
काठमाडौं । भोटेकोशीमा हालै आएको विनाशकारी विपद्को वैज्ञानिक कारण र यसको जलवायु परिवर्तनसँगको सम्बन्धबारे मन्थन गर्न आगामी सोमबार (२२ भदौ) एक उच्चस्तरीय अन्तर्राष्ट्रिय वैज्ञानिक संवाद आयोजना हुने भएको छ । ‘माउन्टेन सुनामी इन द हिमालय: अन्डरस्ट्यान्डिङ द प्लाइट, द साइन्स एन्ड द पाथ टु रेजिलेन्स’ (हिमालयमा पर्वतीय सुनामी: सङ्कट, विज्ञान र उत्थानशीलताको मार्ग बुझाइ) शीर्षकमा हुने यस कार्यक्रममा विभिन्न देशका वैज्ञानिक, नेपाल सरकारका विज्ञ र विपद् जोखिम विशेषज्ञहरू एउटै मञ्चमा भेला हुने भएका छन् ।
युथ इनोभेसन ल्याब...