आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्याम हुने !
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:१८ अपराह्न
काठमाडौँ । एप्पलले यस वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्‍याम हुने हल्ला चलेको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा मङ्गलबार एक पोस्ट राख्दै चर्चित लिक्स्टर ‘डिजिटल च्याट स्टेसन’ यस्तो खुलासा गरेको हो ।
बाहिरिएको जानकारी अनुसार एप्पलको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचर ‘एप्पल इन्टेलिजेन्स’लाई उत्कृष्ट ढङ्गले सञ्चालन गर्न स्तरोन्नति गर्न लागिएको हो । यसअघि चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले यस्तै विश्लेषण गरेका थिए । त्यसको केही दिनमै एप्पलको आपूर्ति शृङ्खलामा...