साई सुदर्शनको विष्फोटक ब्याटिङमा गुजरातको चौथो जित, चेन्नई ८ विकेटले पराजित
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, ७:३३ अपराह्न
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ३७ औँ खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । यो उसको सिजनको चौथो जित हो ।
चेन्नईको घरेलु मैदान एम.ए. चिदम्बरम स्टेडियममा भएको खेलमा गुजरातले १६.४ ओभरमै १५९ रनको लक्ष्य पूरा गर्‍यो।
पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन मात्र बनाउन सकेको थियो। ३७ रनमै ४ विकेट गुमाएर संकटमा परेको चेन्नईको पारीलाई कप्तान ऋतुराज गायकवाडले सम्हालेका थिए। उनले ६० बलमा ७४ रनको अविजित अर्धशतकीय पारी खेले पनि अन्य ब्य...