अमेरिका–इरान शान्ति वार्ता पहल जारी : पाकिस्तानी मन्त्री तेहरानमा
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, ९:३० अपराह्न
युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिलामन्त्री शनिबार तेहरान आइपुगेका छन् ।
“पाकिस्तानी आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी दुई दिने औपचारिक भ्रमणका लागि इरान आइपुगेका छन्,” इरानी तस्निम न्यूज एजेन्सीले लेखेको छ । पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न जारी प्रयासको एक हिस्साका रूपमा उनी शनिबार इरान आइपुगेका हुन् ।
पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरको तेहरान भ्रमणको केही दिनपछि इरानका गृहमन्त्री इस्कान्दर मोमेनीले नक्वीलाई स्वागत गरे...