सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका लागि काठमाडौं महानगरको 'करियर क्याम्प', अनलाइनबाटै आवेदन दिन सकिने
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १० भाद्र २०८३, १०:४९ पूर्वाह्न
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिभिल इन्जिनियरिङ र आर्किटेक्चर विषयमा स्नातक तह उत्तीर्ण युवालाई लक्षित गर्दै ‘करियर क्याम्प २०८३’ सञ्चालन गर्ने भएको छ । महानगरको शहरी योजना आयोगअन्तर्गत सञ्चालित यो कार्यक्रमका लागि २२ जना जनशक्ति छनोट गर्न आवेदन आह्वान गरिएको हो ।
महानगरले सिभिल इन्जिनियरिङतर्फ ११ जना र आर्किटेक्चरमा ११ जना गरी कुल २२ जनालाई चार महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गर्ने जनाएको छ ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीले महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारूप तया...