केपी शर्मा ओलीबाट फिर्ता भएनन् प्रधानमन्त्रीका सामाजिक सञ्जाल अकाउन्ट
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २८ भाद्र २०८२, ४:२६ अपराह्न
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट हस्तान्तरण नगरेको पाइएको छ । ती अकाउन्टहरूमा अझै पनि ओलीकै तस्बिर र विवरणहरू राखिएका छन् ।
प्रधानमन्त्री कार्यालयको ‘@PMO_nepal_’ नामक एक्स ह्यान्डलमा सात लाख २३ हजारभन्दा बढी फलोअर छन् । तर, सरकार परिवर्तन भएको यतिका दिन बितिसक्दा पनि यस ह्यान्डलको प्रोफाइल र कभर फोटोमा ओलीकै तस्बिर छ। १० दिनअघि (सेप्टेम्बर ३ मा) ओली चीन भ्रमणबाट फर्किएको जानकारी पोस्ट भएयता यो ह्यान्डल पूर्ण रूपमा निष्क्रिय छ।
...