एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाए दोस्रो शतक
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, ३:०९ अपराह्न
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट शतक बनाएका छन् ।
कुशलले एक सय चार बलको सामना गरी तीन छक्का र १२ चौकाको मद्दतले एक सय रन बनाएका हुन् । २९ वर्षीय कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो शतक हो ।
अर्का ओपनर आसिफ शेख भने ७२ बलमा आठ चौकाको मद्दतले ५८ रन बनाउँदै आउट भएका थिए । नेपालले ३२.३ ओभरमा एक गुमाएर एक सय ६७ रन बनाइसकेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको एक सय...