लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, ९:५४ अपराह्न
लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये अझै चार हजार २०१ विपन्न दलित तथा मुसहर परिवारसँग आफ्नै शौचालय नभएको पाइएको छ ।
यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन विशेष रणनीतिसहित अभियान सुरु गरिएको छ ।
नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाले गैरसरकारी संस्था दलित जनकल्याण युवा क्लबसँग सहकार्य गर्दै मुसहर बस्तीहरूमा आधुनिक सामुदायिक शौचालय निर्माण कार्यलाई तीव्रता दिएको बताएका छन् । हालसम्म विभिन्न सुकुमवासी बस्तीमा ६ वटा सुविधा सम्पन्न सामुदायिक शौचालय न...