अब युट्युब, नेटफ्लिक्स, नेटटिभी जस्ता एपमा चलचित्र देखाउन पनि अनिवार्य लाइसेन्स लिनुपर्ने
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, ३:४८ अपराह्न
काठमाडौँ । अब डिजिटल प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्न सरकारबाट लाइसेन्स लिनुपर्ने भएको छ । आइतबार सङ्घीय संसद्‌को राष्ट्रिय सभामा दर्ता भएको चलचित्र विधेयक, २०८१ मा यस किसिमको व्यवस्था अघि सारिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दर्ता गराएको उक्त विधेयकको दफा १७ मा डिजिटल प्लेटफर्म मार्फत चलचित्र वा चलचित्र जन्य सामग्रीको प्रदर्शन गर्न चाहेमा त्यस्तो प्लेटफर्म, व्यक्ति वा निकायले बोर्डबाट इजाजतपत्र लिनुपर्ने उल्लेख छ ।
यस हिसाबले अब युट्युब तथा युट्युब च्यानल, नेटफ्लिक्सका साथै नेपालमा सञ्चालित ने...