शिक्षक आन्दोलनमा हुँदा स्थानीय तहले अनलाइनबाटै लिन थाले विद्यार्थी भर्ना
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, २:४१ अपराह्न
काठमाडौँ । शिक्षा ऐनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि आन्दोलनरत रहेकै बेला दुई स्थानीय तहले भने विद्यार्थी भर्नालाई निरन्तरता दिन अनलाइन प्रणाली सुरु गरेका छन् । दैलेखको दुल्लू नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि अनलाइनमार्फत विद्यार्थी भर्ना लिन थालेका हुन् ।
दुल्लू नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै आफ्ना सबै सामुदायिक विद्यालयमा अनलाइन प्रणालीबाट विद्यार्थी भर्ना गर्न अभिभावकहरूलाई आग्रह गरेको छ । नगरपालिकाका अनुसार सोसेक नेपाल हाते...