सरकारी अस्पतालका गोदाममा करोडौंका उपकरण प्रयोगविहीनतामाथि महालेखापरीक्षकको प्रश्न
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, ३:३० अपराह्न
सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औं वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा औंल्याइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरम...