मुगुको दुर्गम क्षेत्रमा १० शय्याको अस्पताल सञ्चालनमा
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ८:५२ अपराह्न
मुगुको दुर्गम मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बजारमा १० शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले अस्पताल भवन उद्घाटन गरे । १० करोड २४ लाख ९३ हजार रुपैयाँ लागतमा निर्माण भएको अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले दुर्गम हिमाली क्षेत्रमा करोडौँको स्वास्थ्य संरचना बन्नु सङ्घीयताको उपलब्धि भएको बताए । उनले सङ्घीयतापछि दुर्गम गाउँमा शिक्षा, खानेपानी, विद्युत् र सञ्चारका संरचना विस्तार हुँदै गएको उल्लेख गर्दै...