एनसेल प्याक लिने ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा निःशुल्क चिकित्सक परामर्श सेवा
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, ०९ भाद्र २०८३, ६:४२ अपराह्न
काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन् ।
यस साझेदारीअन्तर्गत, रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्ने भएका छन् ।
त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।
एपले यो...