नेपालमै बनेको विद्युतीय स्कुटर पी-टुको प्रि-बुकिङ खुला, आवश्यकता अनुसार कस्टमाइज पनि गर्न सकिने
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, ०९ भाद्र २०८३, ८:०१ अपराह्न
काठमाडौं । नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पी-टु’ को आधिकारिक प्रि-बुकिङ खुला भएको छ । मङ्गलबारदेखि सुरु भएको नाडा अटो शोको अवसर पारेर कम्पनीले पाँच हजार रुपैयाँ धरौटी रकममा यस स्कुटरको बुकिङ लिन थालेको हो ।
स्कुटरको आधिकारिक मूल्य भने सेप्टेम्बरको पहिलो वा दोस्रो साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ । मूल्य सार्वजनिक भएपछि चित्त नबुझेमा ग्राहकले बुकिङ रकम पूर्ण रूपमा फिर्ता पाउनेछन् ।
हाल नाडा अटो शोमा ग्राहकको अपेक्षा बुझ्न ‘गेस द प्राइस’ अभियान चलाइरहेको कम्पनील...