कुशलको शतक र आसिफको अर्धशतकपछि नेपालसामू निरीह बन्यो अमेरिका
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, ३:२७ अपराह्न
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार नेपालले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अमेरिकी टोलीले ४३.३ ओभरमै अलआउट हुनुअघि एक सय ९५ रन बनाएको थियो ।
सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३६.४ ओभरमै केवल एक विकेट गुमाएर जित हासिल गर्‍यो ।
नेपालको जितमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरे । यी दुवै ओपनरले २६.३ ओभरसम्म टिकेर एक सय ४५ रनको...