कांग्रेसले ३२ निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार [सूचीसहित]
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
सोमबार, ०५ माघ २०८२, ८:२४ अपराह्न
नेपाली कांग्रेसले सोमबार बेलुकासम्म ३२ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिस्पर्धी अन्य दलले लगभग सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाइसक्दा कांग्रेस आन्तरिक छलफलमै छ ।
सोमबार दिनभर विभिन्न चरणमा छलफल गरेको कांग्रेसले बेलुकासम्म ३२ वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो ।
जसमा हिमाली जिल्ला र एक मात्र निर्वाचन क्षेत्र रहेका पहाडी जिल्ला प्राथमिकतामा परेका छन् । अन्य क्षेत्रको उम्मेदवार टुंग्याउन कांग्रेस सभापति गगन कुमार थापासहितका नेताहरू अहिले पनि बहुपक्षीय छ...