धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गर्ने घोषणा
Your ads here755 X 100

•
Byएजेन्सी
•
शनिबार, ०२ जेठ २०८३, १०:०८ अपराह्न
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले शनिबार भने, 'तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रूपैयाँ प्रोत्साहन दिइनेछ।'
चन्द्रबाबुले भने, 'धेरै मानिसहरुलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन ।'
दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि...