वेब ब्राउजर क्रोम हामी बाहेक अरू कसैले सञ्चालन गर्न सक्दैनः गुगल
Your ads here755 X 100

•
Byटेकपाना
•
आइतबार, १४ बैशाख २०८२, ८:१० अपराह्न
काठमाडौँ । लोकप्रिय वेब ब्राउजर क्रोममा आज उपलब्ध विशेषता र कार्यक्षमता आफू बाहेक अरू कुनै पनि कम्पनीले दिन नसक्ने गुगलले जनाएको छ । शुक्रबार अमेरिकी न्याय विभागले गुगलविरुद्ध दायर गरेको एकाधिकार विरोधी मुद्दाको सुनुवाइका क्रममा ब्राउजरकी महाप्रबन्धक पारिसा ताब्रिजले वाशिङ्टन सङ्घीय अदालतमा बयान दिँदै क्रोम गुगल बाहेक अरूले सञ्चालन गर्न नसक्ने दाबी गरेकी हुन् ।
गुगलको मातृ कम्पनी अल्फाबेट इङ्कसँगको अन्तर आबद्धताका कारण क्रोम यो अवस्थामामा आइपुगेको उनले सुनाइन् । “आजको क्रोम, यहाँका कर्मचारी र गुगलका बाँकी...