करोडौं फलोअर भएका पाकिस्तानका १६ युट्युब च्यानल भारतमा प्रतिबन्ध
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, २:४७ अपराह्न
काठमाडौँ । पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत सरकारले पाकिस्तानका १६ युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । भारत विरोधी र साम्प्रदायिक रूपमा संवेदनशील सामग्री फैलाएको आरोप लगाउँदै भारतले आफ्नो देशमा करोडौं फलोअर भएका यी च्यानल नदेखिने बनाएको हो ।‍
प्रतिबन्धित च्यानलहरूमा डन न्युज, समा टिभी, एआरवाई न्युज, जियो न्युज जस्ता ठुला र चर्चित नाम पनि परेका छन् । यी च्यानलले भारत, भारतीय सेना र सुरक्षा निकायहरू विरुद्ध भ्रामक र उत्तेजक सामग्री प्रसारण गरेको आरोप लगाइएको छ ।
भारतको गृह मन्त्रालयको सि...