अवरुद्ध भोजपुर–चखेवा सडक एकतर्फी सञ्चालनमा
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, ८:०३ अपराह्न
भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर–चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका–५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासि आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो ।
स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार तत्कालका लागि आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो । अवरुद्ध बनेको करिब २३ घण्टापछि यातायात...