एसइई नतिजाः कर्णालीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, ०१ जेठ २०८३, ८:०१ अपराह्न
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा कर्णाली प्रदेशबाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नेपालभरि ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा कर्णालीबाट ५९ दशमलव पाँच प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गतवर्ष कर्णालीमा ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण हुँदा यस वर्ष दुई प्रतिशतले बढेको हो । उत्तीर्ण हुनेमा सबैभन्दा बढी रुकुम पश्चिममा ७९ दशमलव ३४ प्रतिशत विद्यार्थी छन् । सबैभन्दा कम दैलेखमा ३१ दशमलव ८२ प्रतिशत रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत खीमप्रसाद ढका...