बाढी प्रभावित क्षेत्रमा चिनियाँ ड्रोन परिचालन, एउटा ड्रोनबाट २ घण्टामै ८०० केजी राहत ढुवानी
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २० भाद्र २०८३, १२:४० अपराह्न
काठमाडौं । भीषण बाढीका कारण सडक सञ्जाल विच्छेद भएका र भौगोलिक विकटताका कारण हेलिकप्टर पुग्न समेत कठिनाइ भइरहेका क्षेत्रमा राहत सामग्री पुर्‍याउन चिनियाँ ड्रोन प्रयोगमा ल्याइएको छ । चीन सरकारले सहयोग स्वरूप उपलब्ध गराएका चारमध्ये तीनवटा विशेष ड्रोनहरू अहिले त्रिशूली र धुन्चे क्षेत्रमा राहत तथा खाद्यान्न ढुवानीका लागि परिचालन गरिएको हो ।
ड्रोन परिचालनको स्थलगत व्यवस्थापन गरिरहेको जीबीएस टिमका सदस्य अनिल प्रधानका अनुसार यी ड्रोनले परम्परागत तुइनको तुलनामा निकै छिटो र ठुलो परिमाणमा सामग्री ढुवानी गरिरहेका छन् ...