फ्याक्टचेकः कांग्रेस सहमहामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको भन्दै अरूकै फोटो भाइरल
Your ads here755 X 100

•
Byहिक्मत आचार्य
•
सोमबार, १५ बैशाख २०८२, ८:३९ अपराह्न
काठमाडौं । शुक्रबार, १२ वैशाख २०८१ को प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको राजावादी आन्दोलनमा भाटभटेनीमा चोरी गर्नेमध्ये एक व्यक्ति सत्तारुढ पार्टीकै सहमहामन्त्रीका छोरा भएको र प्रहरीले थाहा पाएपछि दुई घण्टामै छोडेको दाबी गरे । त्यसपछि खबरहब, देशसञ्चार जस्ता सञ्चारमाध्यमले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको भनी समाचार लेखे ।
र, १५ चैतकै आन्दोलनका क्राममा भाटभटेनी लुटपाटका क्रममा खिचिएका भिडिओका भाइरल स्क्रिनशटसहित समाचार राखे । हाल ती फोटोमा रक्सी चोरेको देख...