फ्याक्टचेकः के संसद्मै पूर्व पर्यटन मन्त्री आलेले अश्लील शब्द बोलेका हुन् ?
Your ads here755 X 100

•
Byहिक्मत आचार्य
•
मङ्गलबार, १६ बैशाख २०८२, १:४७ अपराह्न
काठमाडौँ । सोमबार २८ अप्रिल २०२५ बेलुकादेखि पूर्वमन्त्री एवं एकीकृत समाजवादीका सांसद प्रेम आलेले प्रतिनिधिसभाको बैठकमै अश्लील शब्द प्रयोग गरेको भन्दै विभिन्न भिडिओ क्लिप र समाचार आइरहेका छन् ।
कन्टेन्ट क्रियटर टङ्क दाहालदेखि समाचार माध्यम कान्तिपुर दैनिकसम्मले त्यस विषयमा समाचार राखेका छन् । तर, टेकपाना फ्याक्टचेकका क्रममा पूर्व पर्यटनमन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भन्दै आएका समाचार सामग्री गलत रहेको देखिएको छ ।
दाबी
सोमबार २८ अप्रिल २०२५ बेलुकादेखि प्रतिनिधि सभा सदस्य आलेले संसद् रोस्टममा अश्लील शब्...