‘तिब्बतमा हिमपहिरोले थुनिएको नदी अचानक खुल्दा नेपालमा भीषण बाढी, अझै २४ घण्टासम्म उच्च सतर्कता अपनाउनू’
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १० भाद्र २०८३, ३:०४ अपराह्न
काठमाडौं । तिब्बत क्षेत्रमा गएको हिमपहिरोले नदी थुनिएर ताल बनेपछि त्यो पानी अचानक खुल्दा नेपालको भोटेकोशी नदीमा भीषण बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
प्राधिकरणले भोटेकोशी-त्रिशूली नदीको तटीय क्षेत्रमा अझै २४ घण्टासम्म उच्च सतर्कता अपनाउन र अलर्ट रहन आग्रह गरेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले ताल फुटेको भन्ने हल्ला सत्य नभएको तर नदी थुनिएर जोखिमपूर्ण अवस्था सिर्जना भएको जानकारी दिए । प्रा...