कांग्रेसको टिकट : तनहुँ १ मा शंकर भण्डारी, २ मा गोविन्द भट्टराई
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
सोमबार, ०५ माघ २०८२, ९:३२ अपराह्न
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका उम्मेदवारको टुंगो लगाएको छ । सोमवार बसेको कांग्रेस संसदीय वोर्डको बैठकले तनहुँ १ मा शंकर भण्डारी र २ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।
भण्डारी यसअघि २०७९ सालमा पनि विजयी भएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा भट्टराई उम्मेदवार बनेका थिए । उम्मेदवारको मनोनयन भोलि हुँदैछ ।