टिकटकको कमेन्ट सेक्सन: अब ६० सेकेन्डसम्मको भ्वाइस, कमेन्टमै पोल र ९ वटा फोटो राख्न मिल्ने
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २० भाद्र २०८३, १:२६ अपराह्न
काठमाडौं - टिकटकले कमेन्ट सेक्सनलाई थप अन्तरक्रियात्मक बनाउने गरी भ्वाइस कमेन्ट, कमेन्ट पोल र फोटो क्यारोसेललगायत नयाँ फिचर सार्वजनिक गरेको छ । टिकटकका अनुसार प्लेटफर्ममा दैनिक १ अर्ब ७० करोडभन्दा बढी कमेन्ट पोस्ट हुने गरेका छन् । प्रयोगकर्ताले टेक्स्ट, फोटो तथा भिडियो स्टिकरमार्फत कमेन्ट गर्न सक्ने सुविधालाई विस्तार गर्दै कम्पनीले नयाँ फिचर थपेको हो ।
६० सेकेन्डसम्मको भ्वाइस कमेन्ट
नयाँ ‘भ्वाइस कमेन्ट’ फिचरमार्फत प्रयोगकर्ताले कुनै पनि भिडिओको कमेन्ट सेक्सनमा ६० सेकेन्डसम्मको अडिओ सन्देश रेकर्ड गरेर पोस्ट गर्न सक्नेछन् ।...