तीन महिनामा नेपालीका १४ लाख भिडिओ टिकटकबाट गायब, के होला कारण ?
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, ६:१३ अपराह्न
काठमाडौँ । शर्ट भिडिओ प्लेटफर्म टिकटकले नीति उल्लङ्घन गरेको भन्दै तीन महिनामा नेपाली प्रयोगकर्ताका १४ लाखभन्दा बढी भिडिओ हटाएको छ । कम्पनीले टेकपानालाई उपलब्ध गराएको विवरणअनुसार सन् २०२४ को चौथो त्रैमासिक (अक्टोबरदेखि डिसेम्बर) सम्ममा कुल १४ लाख ७६ हजार ८६२ भिडिओ हटाइएका हुन् ।
टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन पालना गराउन कडाइ गरेको र त्यसविपरीत जाने भिडिओ हटाउने गरेको जानकारी दिएको छ । यसमा कम्पनीले कन्टेन्ट मोडेरेसन टुल र हजारौं ट्रस्ट एन्ड सेफ्टी प्रोफेसनलले मुख्य भूमिका खेल्ने कम्पनीले उल्लेख गरेको छ ।
स...