डिजिटल बोर्ड ह्याक हुने क्रम बढेपछि प्रहरीले भन्यो- बलियो पासवर्ड राख्नू
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:५६ अपराह्न
काठमाडौँ । डिजिटल सूचना बोर्डहरू ह्याक हुने क्रम बढेपछि नेपाल प्रहरीले सम्बन्धित कार्यालयलाई बलियो पासवर्ड राख्न अनुरोध गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले डिफल्ट युजरनेम र पासवर्ड प्रयोग नगर्न तथा कमजोर पासवर्ड नराख्न सुझाव दिएको हो ।
“सूचना प्रवाहका लागि जडान गरिएका डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढ्दो छ । यसको मुख्य कारण डिफल्ट युजरनेम र पासवर्ड वा कमजोर पासवर्ड प्रयोग गर्नु हो । त्यसैले यस्ता पासवर्डहरूलाई समय समयमा परिवर्तन गरी बलियो पासवर्ड राखी सुरक्षित रहनुहुन अनुरोध गर्दछ...