वेबसाइटबाट पनि भ्वाइस र भिडिओ कल गर्न मिल्ने सुविधा ल्याउँदै ह्वाट्सएप
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ३:४० अपराह्न
काठमाडौँ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले वेब संस्करणमार्फत पनि भ्वाइस र भिडिओ कलिङको सुविधा दिने संकेत गरेको छ । ह्वाट्सएपको अपडेटबारे जानकारी दिने डब्लूएबेटा इन्फोका अनुसार ह्वाट्सएपको वेब संस्करणमा अब कल गर्ने आइकनहरू देखिन थालेका छन् । यसले वेब ब्राउजरमै बसेर सिधै कल गर्न मिल्ने सम्भावना देखिएको छ ।
हालसम्म ह्वाट्सएप प्रयोगकर्ताले मोबाइल एप वा डेस्कटपका लागि छुट्टै एप डाउनलोड गरेर मात्र भ्वाइस वा भिडिओ कल गर्न पाउँछन् । अघिल्लो महिनाको अपडेटमा ह्वाट्सएपले प्राइभेट र ग्रुप च्याटमा भ्वाइस र भिडिओ कल सुरु गर्ने तरिक...