वाईफाई नेपालले ल्यायो मासिक ६५४ रुपैयाँमै डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस इन्टरनेट
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, ९:०७ अपराह्न
काठमाडौँ । इन्टरनेट सेवाप्रदायक वाईफाई नेपाल प्रालिले मासिक ६५४ रुपैयाँ बराबरको लागतमा १०० एमबीपीएस गति भएको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ ।
हालसम्म ५० एमबीपीएस र ८० एमबीपीएस सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ योजना अन्तर्गत डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस फाइबर इन्टरनेट ल्याएको हो । कम्पनीका अनुसार यो योजना घरपरिवार र साना व्यवसायलाई लक्षित गरी डिजाइन गरिएको छ ।
नयाँ योजनाअनुसार २४ महिनाको अवधिका लागि रु. १५,७०७ शुल्क तिर्दा मासिक ६५४ रुपैयाँ पर्नेछ । १२ महिनाको अवधिका लागि भने रु. ९,४...