यार्सागुम्बा व्यवसायमा नाफा हुन्छ, लगानी गर्नु भन्दै फेसबुकबाट ३६ लाख ठग्ने व्यक्ति पक्राउ
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ६:०४ अपराह्न
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत लगानीमा प्रलोभन देखाई ठगी गरेको आरोपमा एक व्यक्ति प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल बसोबास गर्दै आएका ४१ वर्षीय दिपेन्द्र सिंह रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपी सिंहले आफू अमेरिकाबाट फर्किएको पूर्व प्रहरी भएको र हाल यार्सागुम्बा खरिद-बिक्री गर्ने व्यवसाय गरिरहेको भन्दै फेसबुकमार्फत विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्थे । उनले पटक-पटक गरी ३६ लाख दुई हजार १६६ रुपैयाँ ठगी गरेक...